अन्तर विद्यालय मेयर रनिङ्ग शिल्ड माघ ५ गते देखि खजुरामा सुरु हुँदै

शाख न्यूज    प्रकाशित: २०७९-१०-४ गते   ७४० पटक हेरिएको

बाँके ४ माघ - बाँकेको खजुरा गाउँपालिकाको आयोजनामा अन्तर विद्यालय मेयर  रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको ५ औं संस्करण वडा नम्बर ४ स्थित श्री नेपाल राष्ट्रिय आदर्श आधारभुत विद्यालय डि गाउँमा रहेको मिनि रङ्गशालामा विहिबारदेखि सुरु हुने भएको छ । सो रनिङ्ग शिल्ड माघ १० गतेसम्म संचालन हुनेछ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गरि रनिङ्गशिल्डको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका छन।  पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष एवम मुल आयोजक समितिका संयोजक डम्बर वि.क. ले माध्यामिक तहमा एथ्लेटिक्स, भलिवल र कपर्दी गरी १५ इभेन्टस, आधारभुत तहमा १० ईभेन्टस र प्राथमिक तहमा ५ ईभेन्टसको प्रतिष्पर्धा र खुला चेसमा हरेक विद्यालयबाट छात्र र छात्रा गरि १/१ जना सहभागी गराउन सकिने ब्यवस्था रहेको संयोजक वि.क. ले बताएका छन्  ।

उक्त  प्रतियोगितामा ६६ विद्यालयका १ हजार ३ सय २० जना खेलाडीहरु सहभागी हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले बताए । प्रदेश मन्त्री कृष्णा के.सि. नमुनाद्वारा प्रतियोगिताको उद्घाटन गरिने आयोजक टिमले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech