सुचना र जानकारीले अपराध नियन्त्रणमा अहम भुमिका खेल्ने हुँदा सुचना दिन आग्रह : डिआइजी राई

शाख न्यूज    प्रकाशित: २०७९-१०-११ गते   ३५९ पटक हेरिएको

प्रेम सिंह एस.के.

दाङ ( तुलसीपुर ) ११ माघ - लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरमा बुधबार पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

भरखरै सरुवा भएर प्रमुखका रुपमा तुलसीपुर आएका डिआईजी टेक प्रसाद  राईले गुन्डागर्दी गर्नेलाई कसैले पनि संरक्षण गर्न नहुने बताएका छन् । साथै उनले कुनै पनि आवरणमा अपराधीलाई उन्मुक्ति दिन नहुने बताए । अपराध नियन्त्रण गर्ने प्रमुख निकाय प्रहरी प्रशासन भएपनि त्यसका लागि सबैको सकारात्मक भूमिका हुनुपर्ने उनले बताए । समयमै प्राप्त हुने सुचना र जानकारीले अपराध नियन्त्रणमा ठूलो भूमिका खेल्ने बताएका उनले प्रहरीलाई सुचना दिएर सघाउन आग्रह गरे ।

त्यस्तै राईले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा निःशुल्क निवेदन लेख्ने प्रहरी अधिकारीको व्यवस्था गरिने बताएका छन् । साथै उनले पत्रकार भेटघाट कार्यक्रममा रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष हेमराज धितालको घटनाबारे अनुसन्धान गरि कानुनी कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता समेत जारी गरेका छन । गिट्टी, ढुङ्गा, बालुवा, सवारी चेकजाँचका क्रममा प्रहरीले आर्थिक असुल्ने गरेको गुनासो आउने भएकाले डिआइजी राईले त्यसको अन्त्य गर्ने बताएका छन  । प्राकृतिक स्रोतमाथि आँखा लगाउनेलाई कारबाहीको दायरामा ल्याउने र त्यसका लागि सहयोग गर्न पनि आग्रह पनि उनले गरेका छन् । 

लुम्बिनी प्रदेशमा रहेका कुनै पनि प्रहरी कार्यालयमा ठाडो उजुरीका लागि एक पैसा नलाग्ने हुँदा  पैसाकै कारण नागरिकले न्यायबाट बञ्चीत हुनु पर्ने अवस्था आउन नदिने समेत उनले जानकारी दिएका छन । प्रदेशको शान्ति सुरक्षाका लागि आफु प्रतिवद्ध रहेको बताएका छन ।  प्रहरीको हटलाईन, टेलिफोन वा मोबाइलमा आएको फोन रिसीभ गर्दा कार्यालयको नाम, ठेगाना र पद नभन्ने प्रहरी जवान वा अधिकृतलाई समेत कार्वाही गर्ने दाबी गरेका छन ।

साथै उनले पत्रकार भेटघाट कार्यक्रममा रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष हेमराज धितालको घटनाबारे अनुसन्धान गरि कानुनी कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता समेत जारी गरेका छन ।

तत्कालीन संविधानसभा चुनावको प्रचारप्रसार गरेर फर्कने क्रममा वि.सं. २०६७ साउन ६ गते धितालको हत्या भएको थियो । काङ्ग्रेसको चुनाव प्रचार सकेर फर्कने क्रममा राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगरमा अज्ञात समूहले गोली हानी हत्या गरेका थिए ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech