भारतमा स्वास्थ्य मन्त्री दासको गोलि हानी हत्या

शाख न्यूज    प्रकाशित: २०७९-१०-१६ गते   २८१ पटक हेरिएको

नेपालगन्ज - एक जना प्रहरी सहायक निरीक्षकले भारतको ओडिशाका स्वास्थ्यमन्त्री नवकिशोर दासको गोली हानी हत्या गरेका छन्।

आइतबार दिउँसो  ब्रजराजनगरको एक कार्यक्रमलाई सम्बोधन गर्न  गाडीबाट झर्ने क्रममा स्वास्थ्यमन्त्री दासलाई प्रहरी सहायक निरीक्षक गोपाल दासले  गोली प्रहार  गरेका थिए।

स्वास्थ्यमन्त्री दासलाई गम्भीर अवस्थामा भुवनेश्वरस्थित एपोलो अस्पताल लगिएपनि उपचारका क्रममा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्। 

गोली हानेर स्वास्थ्यमन्त्रीको हत्या गर्ने प्रहरी दासलाई पक्राउ गरि ओडिशा अपराध महाशाखाका विशेष अनुसन्धान टोलीका डीएसपी रमेश सी डोराको कमाण्डको टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ।

नव किशोर दासले लगातार तेस्रो पटक विधायकमा  निर्वाचित भएका थिए।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech