बसपार्क क्षेत्रबाट भन्सार छलि गरि ल्याईएकाे एक लाख बढिकाे सामन बरामद

शुक्रबार थप अनुसन्धान र आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाईयो

शाख न्यूज    प्रकाशित: २०७९-१०-२७ गते   ४०१ पटक हेरिएको

नेपालगन्ज - वडा प्रहरी कार्यालय नेपालगन्जले भन्सार छलि गरि ल्याईएकाे एक लाख बढिकाे सामान नेपालगन्जबाट बरामद गरेकाे छ । 

प्रहरीले माघ २६ गते बिहीबार नेपालगन्ज  उपमहानगरपालिका वडा नं- ४ बसपार्क क्षेत्रबाट भन्सार छलि गरि ल्याईएकाे एक लाख बढिकाे लत्ताकपडा बरामद गरेकाे हाे । 

बसपार्क सडक खण्डमा भारतबाट अबैध मालसामानहरु ल्याएको भन्ने सुचना प्राप्त भएलगत्तै परिचालन भएकाे टाेलीले साे सामान पक्राउ गरेकाे वडा प्रहरी कार्यालयले जनाएको छ । 

अस्थाई प्रहरी पोष्ट बसपार्क बाँकेका प्रहरी नायब निरीक्षक राजेन्द्र बस्नेतको कमान्डमा खटिएको  संयुक्त प्रहरी टोलीले कुर्ता सुरुवाल ४३, कुर्ता सुरुवाल (सुट) १५ थान, सारि ९ थान, कोट पाईन्टको काँचो कपडा थान २, कुर्ती २२ थान, पलाजु (अलादिन) ३० थान र लेगिज ५ थानकाे अन्दाजी जम्मा बजार मुल्य एक लाख दुई हजार चार सय रूपैयाकाे वेवारिसे सामान बरामद गरिएकाे हाे । उक्त बरामद गरिएको सामान वडा प्रहरी कार्यालय नेपालगन्जमा पठाइएको प्रहरी नायब निरीक्षक बस्नेतले बताएका छन् । 

बरामद भएको सम्पूर्ण सामानलाई थप अनुसन्धान र  आवश्यक कारबाहीका लागि शुक्रबार नेपालगंज भन्सार कार्यालयमा पठाईएकाे  वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech