अनर कम्पनीको  एक्स फाइभ मोबाइल नेपाली बजारमा

शाख न्यूज    प्रकाशित: २०७९-१२-४ गते   ९२७ पटक हेरिएको

काठमाडौं - अनर कम्पनीको  एक्स फाइभ मोबाइल नेपाली बजारमा आएको छ । नेपालमा अनर उत्पादनका लागि आधिकारिक वितरक सेलट्रोन नेपाल प्रालिले नेपालमा सस्तो मूल्यको एन्ट्री लेभल फोन सार्वजनिक गरेको हो ।

११ हजर ९९० रुपैयाँ  मूल्य रहेको उक्त अनर एक्स फाइभ फोनमा २ जिबि रयाम र ३२ जिबि ईन्टरनल इस्टोरेज क्षमताको मेमोरीयुक्त मोबाइल उपभोक्ताहरुलाई प्रयोग गर्न सहज हुने कम्पनीको विश्वास छ ।

नवीनतम प्रविधिका साथ डिजाइन गरिएको अनर एक्स फाइभमा ५००० इम ए एच क्षमताको ब्याट्रि, ६.५ इन्चको अनर फुल भियु डिस्पले, मिडियाटेक हेलियो जि २५ अक्टाकोर प्रोसेसर , ८ मेगाफिक्सल मुख्य  क्यामेरा र ५ मेगाफिक्सल सेल्फी  क्यामेरा जस्ता आकर्षक फिचरहरु रहेको सेलट्रोन नेपालले जानकारी दिएको छ।

भोलिदेखि अनरको एक्स फाइभ मोबाइल खरिदका लागि नेपालभरका खुद्रा स्टोरहरू र दराज अनलाइन सपिङबाट पनि  खरिद गर्न सकिने सेलट्रोन नेपाल प्रा.लि.ले जनाएको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech