बाँके ट्राफिकद्धारा एक महिनाको अवधिमा २७ लाख ७८ हजार ५ सय राजस्व संकलन 

शाख न्यूज    प्रकाशित: २०८०-१-५ गते   ३९६ पटक हेरिएको

बाँके ०५ बैशाख - ट्राफिक प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालेको एक महिना पुगेको छ । बाँकेको सबैभन्दा ठूला सहर नेपालगन्ज र कोहलपुर हुन् । बढ्दो जनघनत्व, सवारीसाधनको चाप र सीमित जनशक्तिका कारण नेपालगन्ज र कोहलपुरको ट्राफिक व्यवस्थापन सुधार गर्न चुनौतिपूर्ण रहेको थियो ।  चुनौतिकाबीच पनि ट्राफिक व्यवस्थापन र नियमबारे योजना बनाएर विभिन्न खालका जनचेतनामूलक कार्यक्रमहरु सम्पन्न गरिएको थियो । 

जिल्ला ट्राफिक कार्यालय बाँकेले सवारी कारबाहीबाट चालु आ.व. २०७९ / २०८० को चैत महिनामा २७ लाख ७८ हजार ५ सय राजस्व संकलन गरेको छ  । सो अवधिमा सवारी नियम उल्लंघन गर्ने ४ हजार ५ सय ५० सवारीसाधन कारबाहीमा परेको प्रहरी निरीक्षक तिलक बहादुर सुनारले बताएका छन । यस्तै जिल्लामा एक महिनाको अवधिमा ७ वटा सवारीसाधन दुर्घटनामा परि ६ जना गम्भिर र २ जना सामान्य गरि ८ जना घाईते भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख  प्रहरी निरीक्षक सुनारले जानकारी दिएका छन । बाँकेका १ सय १५ स्थानमा जनचेतना मुलक कार्यक्रम गरिएको थियो भने १४ स्थानमा होडिङबोडहरु समेत राखिएको थियो । त्यसैगरि मा.प.से.र ला.प.से. बारे सचेतना कक्षा संचालन गर्दा २ सय ३ जना लाभान्वित भएको प्रमुख सुनारले बताएका छन । 

बिगत तिन आर्थिक वर्षको तथ्याङकलाई अध्ययन गर्दा प्रत्येक महिना औषत ३/४ जना मानिसको मृत्यु हुने गरेकोमा प्रमुख सुनार हाजिर भए पश्‍चात सम्पुर्ण एरियालाई क्षेत्रगत विभाजन गरी दैनिक रुपमा मा.प.से.र ल.प.से. तथा ट्राफिक चेकजाँचमा कडाई गरी काम कारवाही गर्दा चैत्र महिनामा दुर्घटना भएतापनि मुत्यु भने शुन्य रहेको छ । 

सवारी साधनको चाप, चालकको लापरवाही तथा सडकमा छाडिने पशुचौपायाका कारण अधिकांश सवारी साधन ट्राफिक नियमविपरीत चलाउने गर्दा सवारी दुर्घटना बढेको उनको भनाइ छ ।  राजस्व संकलनमा सफल देखिएको जिल्ला ट्राफिक कार्यालय बाँके सवारी साधनको व्यवस्थापनमा भने कमजोर देखिएको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech