दुर्घटनामा परी गम्भीर घाइते भएका सहायक हवलदार धामीको उपचारका क्रममा मृत्यु

शाख न्यूज    प्रकाशित: २०८०-१-१० गते   ५०४ पटक हेरिएको

कैलाली १० बैशाख - मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका ट्राफिक प्रहरी सहायक हवलदार जनक धामीको उपचारका क्रममा मृत्यु भएको छ । 

सवारीसाधन चेकिङमा जाने क्रममा बिहीबार साँझ ७ बजे धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक खण्डमा आफैंले चलाएको म १ प ३८७४ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किएर दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका ट्राफिक प्रहरी सहायक हवल्दार धामीको मेट्रो अस्पतालमा उपचाररत धामीको गएराति मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech