सांसद भण्डारी आज साँझ मुम्बईबाट स्वदेश फिर्ता

शाख न्यूज    प्रकाशित: २०८०-१-१७ गते   ३२४ पटक हेरिएको

नेपालगन्ज - भारतको मुम्बईबाट उपचार गराएर नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी  स्वदेश फिर्ता भएका छन् ।

सांसद भण्डारी आज साँझ मुम्बईबाट सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । सांसद भण्डारी गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ग्यास पड्किएर आगालागी हुँदा गम्भीर घाइते भएका थिए । 

गम्भीर घाइते भएर कीर्तिपुर बर्न हस्पिटलमा उपचार सम्भव नहुदा भण्डारीलाई थप उपचारको लागि गत फागुन ४ गते भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो ।  

साढे दुई महिनाको उपचारपछि भण्डारीको स्वास्थ्यमा सुधार आउँदा उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् । 

सांसद भण्डारी काठमाडौं फर्केसँगै उनले घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन् । 

उक्त आगलागीमा परी  भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । उनकी आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech