लागूऔषध ब्राउन सुगरसहित १ जना पक्राउ

शाख न्यूज    प्रकाशित: २०८०-२-२९ गते   ३२५ पटक हेरिएको

बाँके २९ जेठ - नेपालगन्जको जमुनाह नाकाबाट आइतबार लागूऔषध ब्राउन सुगरसहित १ जना पक्राउ परेका छन् ।

नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ५ मिलिग्रामसहित बर्दिया बाँसगढि नगरपालिका-७ बस्ने ३० वर्षीय मनोज विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई  उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech