लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित १ जना पक्राउ

शाख न्यूज    प्रकाशित: २०८०-२-३१ गते   २२३ पटक हेरिएको

बाँके ३१ जेठ - बाँकेको नेपालगन्जबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित १ जना पक्राउ परेका छन् ।

नेपालगंज उपमहानगरपालिका-१४ बस्ने २० वर्षीय राम सिंह लोनियालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ५ मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष  सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज, ईलाका प्रहरी कार्यालय हिरमिनिया र प्रहरी चौकी तेलियनपुबाट संयुक्त रूपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

लागूऔषध कसुरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech