राप्ती नदीको कटान रोक्न तटबन्ध गर्ने विषयलाई प्राथमिकतामा राखेका छौं - मुख्यमन्त्री चौधरी

शाख न्यूज    प्रकाशित: २०८०-४-३० गते   ४६१ पटक हेरिएको

बाँके ३० साउन - नेपाली कांग्रेस बाँकेले मंगलबार स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकार राप्ती नदीको कटान रोक्न तटबन्ध गर्ने विषयलाई प्राथमिकतामा राखेको जानकारी दिएका छन् । मुख्यमन्त्री चौधरीले अल्पसंख्यक, पिछडिएका जातजाति, परम्परागत सीप, कला, संस्कृतिको संरक्षण र संबर्द्धनका लागि विशेष कार्यक्रम, नेपालगन्जको विकास र समृद्धिका साथै बागेश्वरी मन्दिरको विकासका लागि बजेट छुट्याएको जानकारी दिए । 

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले जिल्लामा तटबन्ध, यातायात व्यवस्था कार्यालयको शाखा कोहलपुरमा स्थापना, पार्टीको निर्माणाधीन सुशिल कोइराला स्मृति भवनका लागि सहयोग लगायतका विषयमा मुख्यमन्त्री चौधरीको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा पूर्व मन्त्री गजेन्द्र हमाल,  क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, लुम्बिनी प्रदेशका सांसद माया पुन, संजुकुमारी चौधरी, नेता कार्यकर्ता लगायत संचारकर्मीहरुको समेत उपस्थित थियो । सचिब सुधांशु कोइरालाले उक्त कार्यक्रम संचालन गरेका थिए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech