राप्तीसोनारी ६ को वडा कार्यालयबाट लाखौको चोरी

शाख न्यूज    प्रकाशित: २०८०-५-१ गते   ५५६ पटक हेरिएको

बाँके १ भदौ - राप्तीसोनारी गाउँपालिका वडा नं ६ फत्तेपुरको वडा कार्यालयमा गएराती चोरी भएको छ । शुक्रबार राती करिब १ बजेको सयममा वडा कार्यालयमा चोरी भएको राप्तीसोनारी ६ का वडाध्यक्ष लवराज खरेलले जानकारी दिए । विहान कार्यालय सहयोगी वडामा पुगेर चोरी भएको बताएपछि वडाध्यक्ष आफुलाइ थाहा भएको बताए ।

वडाध्यक्ष खरेलका अनुसारका कम्प्युटर डेस्कट्प ३ थान,प्रीन्टर ३ थान,पंखा वाल ३ थान ब्याट्री २ थान ,इन्भटर १ थान ,पानी तान्ने मोटर १ थान,इ हाजीरी मेसिन १ थान ,झ्यालमा लगाइएको पर्दा ६ थान वाइफाइ राउटर १ थानगरी करिब ४ लाख बराबरको सामाग्री चोरी भएको छ । चोरले वडा कार्यालयको ढोका फोडेर समाग्रीहरु लिएर गएको बताइएको छ । इलाका प्रहरी कार्यालय भगवानपुर र अस्थायी प्रहरी पोष्ट फत्तेपुर ख को प्रहरी टोली घटना स्थलमा पुगिसकेको छ घटना बारे थप जानकारी आउन बाँकी छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech