३० किलो चित्तलको मासुसहित अटो चालक पक्राउ

शाख न्यूज    प्रकाशित: २०८०-५-१७ गते   ७६७ पटक हेरिएको

नेपालगन्ज - बाँकेबाट प्रहरीले ३० किलो जंगली जनावर चित्तलको मासुसहित एक जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बनकटटीबाट चेकजाँच मा खटिएको टोलीले राप्तीसोनारीको फत्तेपुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ह ३९०८ नम्बरको भाडाको अटो राखेर ल्याउदै गरिएको अवस्थामा ३० किलो चित्तलको मासुसहित अटो चालकलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता नारायण डाँगीले बताए।

अटोको डिक्कीमा लुकाई छिपाई नेपालगन्ज ल्याउन लागिएको अवस्थामा शनिबार अपराह्न साढे ४ बजे राप्तीसोनारी- ६ का अटो चालक हरि परियारलाई मासुसहित पक्राउ गरिएको प्रवक्ता डाँगीले जानकारी दिएका छन् ।

पक्राउ परेका चालक परियारसहित बरामद गरिएको चित्तलको मासुलाई आबश्यक कारबाहीका लागि शनिबार राती नै डिभिजन बन कार्यालय बाँकेमा पठाइएको डाँगीले बताए।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech