ब्राउन सुगरसहित दुई जना पक्राउ

शाख न्यूज    प्रकाशित: २०८०-१२-७ गते   ७४५ पटक हेरिएको

नेपालगन्ज ०७ चैत - जिल्ला प्रहरी बाँकेको टोलीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। भारतको रुपइडिहाबाट नेपालगन्ज ल्याउँदै गरेको अवस्थामा अन्दाजी २०-२५ ग्राम ब्राउन सुगरसहित बाँके प्रहरीको टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

ब्राउन सुगरसहित पक्राउ पर्नेमा भारतको बहराइच बस्ने सलिम सा र तुलसीपुर-३ का वीर बहादुर बिक रहेका छन् ।

विशेष सूचनाका आधारमा प्रहरीको टोलिले बुधबार बिहान ९ बजे  नेपालगन्ज-१० को कार्यालय अगाडिबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्ने भारतका सलिम डिलर र बिक खरिदकर्ता रहेको पाइएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech