बर्दिया १९ भदौ - नवोदित कलाकार तथा मोडेल बिना थारु कलाकारिता क्षेत्रमा रमाइरहेकि छिन । कलाकार तथा मोडेल बिना थारु बर्दियाको जोधिपुरमा जन्मिएकी हुन । थारू समाजमा जन्मिएकी मोडेल बिना शैक्षिक क्षेत्रमा तथा कलाकारिता क्षेत्रमा समेत अब्बल रहेकी छिन । उहाँले स्थानीय बिद्यालयबाट कक्षा १२ पनि उतिर्ण गरेकी छिन । आफ्नो बाल्यकाल देखि कलाकार तथा मोडेल बन्ने सपना बोकेकी बिना कलाकारितामा क्षेत्रमा चर्चा कमाइरहेकी छिन् । सानै देखि आफुले विभिन्न प्रकारका नृत्य प्रतिस्पर्धामा प्रतिभाहरु प्रस्तुत गरेको बताउनुभयो । त्यसैले कलाकारिता क्षेत्रलाई निरन्तरता दिने मोडेल बिनाले अभिव्यक्ति दिनुभयो । थारू कलाकारिता क्षेत्रको दायरालाई फराकिलो बनाउदै, दर्शक तथा समिक्षकहरु माझ आफुलाई परिचित गराउन निरन्तर कडा मेहनत, परिश्रम गरिरहेकी छिन् । जस्ले गर्दा सफलताको शिखरमा पुग्न सक्ने दृढ आत्मविश्वासका साथ अगाडी बढिरहेको उहाँले भन्नुभयो । मोडेल बिनाका अनुसार प्रतिस्पर्धात्मक युग भएकाले जस्तोसुकै समस्या सिर्जना भएपनि आफु सधैं थारु कलाकारिता क्षेत्रमा लागिरहने दाबी गर्नुभयो । सुरुवातमा केहि समस्या सिर्जना भएको थियो । त्यसैले बाल्यकालको सपनालाई पुरा गर्नका लागि जस्तोसुकै बाधा ब्यवधानलाई ब्यवस्थापन गर्दै अगाडि लम्किरहने छु साथै कलाकारिता क्षेत्रमा आफ्नो वर्चस्व कायम गर्नकालागि निरन्तर अगाडि बढिरहने बताउनुभयो । यद्यपि उहाँलाई कला क्षेत्रमा काम गर्नका लागि घर परिवारबाट राम्रो सहयोग पाएको हुनाले गर्व महशुस गरेकी छु भन्नुभयो । उहाँले थारु समुदायका कला सस्कृतिलाई मध्यनजर गर्दै सोको पहिचान झल्काउने पहिरनमा सजिएर विभिन्न म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । वास्तवमा भन्ने हो, दर्शक तथा समिक्षकहरुले उहाँको अभिनयका साथै पहिरन र उहाँलाई रुचाइसकेका छन् । जसरी नदि निरन्तर गतिशील प्रवाहमा बगिरहेको हुन्छ, त्यसैगरी थारू कलाकारिता क्षेत्रमा बगिरहने जानकारी दिनु भयो । कलाकारिता क्षेत्रमा आफ्नो भविष्य रहेको हुनाले करियर बनाइरहेकी छु । आफुभित्र गुम्सिएर रहेका प्रतिभा तथा इच्छाशक्तिलाई बाहिर दर्शकमाझ प्रस्तुत गर्नु सबैभन्दा महत्त्वपूर्ण प्रेरणाको श्रोत हो ।
त्यसैले कलाकारिता क्षेत्रमा प्रवेश गर्नका लागि रुचि मात्र भएर हुदैन । चर्चाको शिखरमा पुग्नका लागि धेरै भन्दा धेरै मेहनत गर्नुका साथै कलाकारहरुमा लगनशील, अनुशासन जस्ता गुणहरु हुन पनि जरुरी रहेको मोडेल बिनाले भन्नुभयो । उहाँले सार्वजनिक भएको "टिकापुरके टिकुली देम" बोलको थारु म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएको छ, भने "एया दाइ एया बाबा" बोलको म्युजिक भिडियो केहि दिनमा सार्वजनिक हुन लागेको छ । सो म्युजिक भिडियोमा मोडेल बिना को समेत अभिनय रहेको छ ।