सुदूरपश्चिम कैलालीकि मोडेल राधा मोडलिङ क्षेत्रमा रमाउदै

शाख न्यूज    प्रकाशित: २०७७-५-२० गते   १३३१ पटक हेरिएको

कैलाली २० भदौ - कैलालीको बेलवा गाउँमा जन्मिएकि मोडेल राधा थारू बहुप्रतिभाले भरिपुर्ण हुनुहुन्छ । वि.स. २०७५ साल देखि निरन्तर अभिनय गर्दै आउनु भएको थियो । थारु कलाकारितामा नै आफ्नो भबिस्य रहेकोले पछिल्लो समय म्युजिक भिडियोमा अभिनय गर्नमा लागिरहनु भएको छ । सफल मोडेलको आशा बोकेकी राधाले दर्जनौं भन्दा बढी थारू म्युजिक भिडियोमा समेत धमाकेदार अभिनय गरिसक्नु भएको छ । मोडलिङ क्षेत्रमा सक्रिय मोडेल राधाले छोटो समयमै चर्चा बटुल्नु भएको छ । २५ बर्षकि मोडेल राधा लोभ देखाउने मान्छेहरुको पछाडी नलाग्ने र आफ्नो कला आफु नै प्रस्तुत गर्ने अनि भविष्यमा सफल बन्ने बताउनुभयो । उहाँले भन्नुभयो - संसारमा दुख नभोगेको सायद मानिस कमै हुन्छन तर मलाई खासै दु:ख भएन । म्युजिक भिडियोमा उहाँको अभिनयलाई थुप्रै दर्शक तथा समिक्षकहरुले मन पराएर सकारात्मक प्रतिक्रियाहरु दिनुका साथै  आफुलाई मोडलिङको क्षेत्रमा अझै हौसला मिलेको मोडेल  राधाले बताउनुभयो ।

मोडलिङको भिडमा आफूलाई स्थापित गराउन थारू कलाकारितामा आफ्नो भविष्य बनाउने योजनाको साथमा अगाडि बढ्दै मोडेलले आफ्नो लक्ष्यमा पुग्नका  दिनरात लाग्नु भएको छ । नृत्य र अभिनयमा पोख्त राधा सुन्दर र आकर्षक पनि छन् । उनले मिहिनेतका साथ अभिनयलाई अझै उत्कृष्ट बनाएर मोडलिङ क्षेत्रमा स्थापित हुन चाहन्छु भन्नुभयो । थारु कलाकारिता क्षेत्रमा कोही रहरले र कोही बाध्यताले आउने गरेका हुन्छन् । त्यस्तै कोही सफल कलाकार बन्ने सपना बोकेर कला क्षेत्रमा आउछन् त कोही लोकप्रिय हुन का लागि आउछन् । थारू कला क्षेत्रको विकास र संस्कृतिको अस्तित्व जोगाउनमा जुटिरहेका कलाकारहरु मध्ये मोडेल राधा चौधरी पनि एक हुन । उहाँले भन्नुभयो - जुनसुकै क्षेत्रमा प्रवेश गरेपनि मेहनत, अनुशासन, लगनशील, इमानदारिता जस्ता गुणहरु हुनुपर्छ  तथा निरन्तरता दिन सक्यो भने मात्र भबिस्यमा सफलता प्राप्त गर्न सकिन्छ । म्युजिक भिडियोमा अभिनय गर्नका लागि घर परिवार बाट महत्त्वपूर्ण सहयोग सल्लाह सुझाव मिलेको हुनाले आफुलाई थारु कलाकारिता क्षेत्रमा अगाडी बढ्न सजिलो भएको अभिव्यक्ति दिनुभयो ।
आफुमा कला तथा प्रतिभा छ भने पछि हट्नु हुदैन सधैं मेहनत र इमानदारीले अगाडी बढ्नु पर्छ भन्ने भाव मोडेल राधामा छ । "तोहर अङ अङ से जवानी छल्कल" बोलको म्युजिक भिडियोमा जिवन्त अभिनयले कलाकारिता क्षेत्रमा थारु मोडेलको रुपमा  छुट्टै पहिचान बनाउन सफल हुनु भयो ।
सानै उमेर देखि मोडलिङ तथा नृत्यमा रुचि राख्ने राधा अभिनयमा पनि आफुलाई अब्बल दर्जामा स्थापित गर्न निरन्तर लागिरहनु भएको छ ।  त्यसपछि उहाँले अभिनय गरेका थारू म्युजिक भिडियो  "घुमार घुमार कमर घुम्मलेउ", वाइ मोर प्यारी तु असर हेर हो", "मै कैलालीक बथनिए हु छैला", "आइहो साली पिवादेउ जाड आइगिल माघिक तिहार", "उदासी इमनके पतझर जिन्दगी", "करोडौं के दममे लेहेङगा लाखौं के दममे तोहार चोलिया", "गोटेदार लगाइलो तु लेहेङगा", "बिउटी वाली बठनिया करेन्ट मरलो," "डगरिका इच वा बिच", "बथकु", "हरे घुरती रहतु रे घुरती रहतु", "चलो गोरि गन्ने के खेतमे", "बसाई हो देवारी", "पतलि तोहर कमरिया सुन तोहर भोइस", बोलको थारू म्युजिक भिडियोमा समेत अभिनय गरिसक्नु भएको छ । साथै नयाँ "सुनो सुनो भाइ हो मो रे" बोलको थारु म्युजिक भिडियोमा अभिनय गर्नु भएको छ । मोडलिङ मात्र नभएर गायिकाको रुपमा पनि चिनिने चाहना छ, समय अनुसार काम गर्नु पर्छ समयले जे जे सिकाउछ त्यो अनुरुप अगाडि बढ्नुपर्छ, समय संगै भिडियोमा राम्रो तथा  फरक अभिनय गर्न सकियो भने आउन धेरै समय नलाग्ने मोडेल राधाले बताउनुभयो । ईतिहास देखि आजको दिनसम्म नेपालका हरेक जिल्लाहरुको आफ्नै अस्तित्व र औचित छ ।
त्यस्तै सुदुरपस्चिम को कैलाली रमणीय तथा सुन्दर जिल्ला हो,  त्यहि ऐतिहासिक जिल्ला कैलालीको बेलुवामा  आमा आशा थारू र बुवा चुनबुद डंगाैरा थारुको कोखबाट जन्मिएकी मोडल राधा थारु लोकप्रिय तथा सफल कलाकार बन्ने सपना छ । मोडेल राधालाई दिदिहरु बबिता र कृष्णा थारू तथा बुवाआमाले यो क्षेत्रमा आउनको लागि प्रेरणा दिनुभएको थियो । बाल्यकालमा म्युजिक बज्दा आफ्नो टाउको कम्मर  हल्लाउने नाच्ने जस्तो स्वाभाब देखाउदा म संग पनि केहि कला छ है भन्ने देखेर मेरो कलालाई अगाडी बढाउनको लागि घर परिवारले साथ् दिनुभएको थियो । संगीतमय बातावरणमा म  हुर्केको हुनाले नाच्ने मात्र मेरो दिमागमा रहयो अनि नाच्नमा अगाडी बढिन टिभी हेरेर मैले कलाकार बन्ने सपना बुनिरहन्थे । साथै चर्चित र लोकप्रिय बन्नुमा नजर अन्दाज  राधाले कहाँसम्म जादा संस्कृति हुन्छ र कहाँसम्मको दुरी नाघ्दा विकृति हुन्छ भन्ने कुरालाई मध्यनजर गर्दै म थारु म्युजिक  भिडियोमा मोडलिङ गर्न लागे । थारु समाजमा जन्मेको, हुर्केको हुनाले आफु थारु कलाकारितामा आकर्षित भएको जानकारी दिनुभयो । 

विगत २ वर्ष यता क्रियाशिल भएर निरन्तर रुपमा थारू कलाकारिता क्षेत्रमा क्रियाशिल भएर   दर्जनौं भन्दा बढि थारु म्युजिक भिडियोहरुमा सफल अभिनय गरेकी राधाको जीवन अत्यन्तै सुखी र खुशी परिवारमा हुर्किएको छ । सफल कलाकार तथा मोडेल बन्ने रहर कसको हुदैन तर मोडल बन्ने प्रयास नै सफलता हो भन्ने दृढताका साथ अगाडि बढेर प्रयास गरेपछि एकदिन अवस्य सफलताको शिखर चुम्न  सकिन्छ भन्ने उहाँको दाबी छ । कलाकारिता सबैको साझा चौतारी हो, सबैले माया गर्नुपर्छ सबैको साथ सहयोग पाए एकदिन अवस्य सफलता मिल्छ । कसैले पनि सबैकुरा पहिले नै सिकेर आएको हुदैन विस्तारै सबैकुरा अगाडि बढाउदै सिक्दै जानुपर्छ । वास्तवमा हुन त काँडाको बीचमा गुलाव र हिलोमा फुलेको कमलको सामु मानव जीवन अर्को एउटा ज्वलन्त उदाहरण  हो । आफ्नो अविभावकको माया र साथबाट उनि सधै अगाडी बढेकी थिइन् धेरै भन्दा धेरै साथ माया घर परिवारबाट पाउदा खुशी छु  भन्नुभयो । उहाँमा सफल कलाकार बन्ने धोको छ । जीवन सँघर्षमय र समय परिवर्तनशिल छ । पुरा हुदैन त्यो भने समयले देखाउने छ । त्यस्को लागी हरेक कुराले साथ दिनु पर्छ भबिस्यमा यहि कला क्षेत्रकै उत्कृष्ट मोडेल बन्ने सपना पनि रहेको छ । हाम्रो टिमको तर्फबाट उहाँ द्वारा अभिनित म्युजिक भिडियोले सफलताको छडी पार गरुन्  साथै आउने दिनहरुको शुभकामना दिन चाहन्छौं ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech