नेपालगन्जबाट ७ सय ग्राम बढी ब्राउन सुगर बरामद, ४ किलो चरेश पनि बरामद, ३ जना पक्राउ

शाख न्यूज    प्रकाशित: २०८१-११-१३ गते   ५८१ पटक हेरिएको

नेपालगन्ज - जिल्ला प्रहरी बाँकेले हालसम्मकै  ठुलो परिमाणमा लागुऔषध ब्राउन सुगर बरामद गरेको छ।

जिल्ला प्रहरी बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जबाट गएको टोलीले  नेपालगन्ज-१५ पुरानो इटटा भट्टाबाट  ७ सय २२ ग्राम ६३ मिलिग्राम ब्राउन सुगरसहित एक भारतीय युवकलाई सोमबार साँझ  पक्राउ गरेको हो।

ब्राउन सुगरसहित  पक्राउ पर्नेमा भारतको बहराइचस्थित काजिपुरका २९ वर्षीय  अल्बक्स खाँ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

यो बाँके प्रहरीलाई लागुऔषध ब्राउन सुगर बरामदको इतिहासमै सबैभन्दा ठुलो सफलता हो।

त्यस्तै नेपालगन्जबाट ४ किलो २ सय २० ग्राम चरेशसहित दुई जना पक्राउ परेका छन् । नेपालगन्ज-४ बसपार्क क्षेत्रबाट जिल्ला प्रहरी बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको टोलीले उक्त परिमाणको चरेशसहित कालिकोटको खाँडाचक्र नगरपालिका-१० का ३५ वर्षीय भक्त बहादुर शाही र सोही स्थानका ३४ वर्षीय बिक्रम शाहीलाई सोमबार नै पक्राउ गरेको हो।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech