बाँके - नेपालगन्ज उपमहानगरपालिकाका लेखापाल मोहन शर्माको मंगलबार बिदाई गरिएको हो । नेपालगंज उपमहानगरपालिकामा निरन्तर करिब ५ वर्षसम्म लेखापालको रुपमा काम गर्दै आएका शर्मालाई बिदाई गरिएको छ । लोक सेवा आयोग कर्णाली प्रदेशले शर्मालाई बागचौर नगरपालिका सल्यान अधिकृत सातौं तहमा सिफारिस गरिएको हो ।
"एउटा चाहाना थियो अधिकृत बन्ने त्यो पुरा भएको छ, यात्रा निरन्तर चलिरहनेछ, अझै केहि उचाइसम्म पुग्ने सङ्कल्प छ र पुग्नेछु" पनि उनले भनेका छन् ।
यस लोकसेवा परीक्षामा उत्तीर्ण गरेको श्रेय सर्वप्रथम म मेरो वुवाआमा लाई दिन चाहान्छु , मेरो भाइ, परिवार, इष्टमित्र, गुरूवर्ग साथिभाई र सुभचिन्तक सबैमा उनले हार्दिकआभार प्रकट गरेका छन् । लोकसेवा आयोगको तयारी गरिरहेका सम्पूर्णमा कहिल्यै हार नमान्नुहोला मिहिनेत गरे एकदिन अवस्य सफल भइन्छ भन्ने संदेश समेत उनले दिएका छन् ।
अधिकृत सातौ तहमा सिफारिस भएका शर्मालाई सेवाग्राही प्रति बढी जवाफदेहि र उत्तरदायि भएर कार्यसम्पादनको आग्रह गर्दै आगामी दिनमा सफल कार्यकालको शुभकामना समेत नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष मदन बिक्रम शाहले व्यक्त गरेका छन ।
त्यसैगरी शर्मालाई आफुले पाएको जिम्मेवारी कुशलताका साथ, इमानदारी , कर्तव्यनिष्ठ भएर जिम्मेवारी वहनका साथै सफल कार्यकालको शुभकामना समेत नेपालगन्ज उपमहानगरपालिका- १५ का सचीव तेज बहादुर सिंहले दिएका छन् ।
लेखापालको जिम्मेवारी बहन गर्नेक्रममा सहज रुपमा काम गर्ने वातावरण सिर्जना गरेकोमा सेवाग्राही, जनप्रतिनिधि, कर्मचारी लगायत सम्पूर्णमा शर्माले धन्यवाद व्यक्त गरेका छन् । सम्मानपूर्ण बिदाईले आगामी दिनमा थप कर्तव्य निर्वाह पालना गर्न अभिप्रेरित गरेको समेत शर्माले बताएका छन् । त्यसैगरी नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत विभिन्न शाखाका कर्मचारीहरुले समेत बिदाईका क्रममा मायाको चिनो प्रदान गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन् ।