नगर प्रमुख चौधरीको टोलिद्वारा नेपालगन्जमा विपद व्यवस्थापनको जानकारी सहित आपकालीन केन्द्रको अवलोकन

शाख न्यूज    प्रकाशित: २०८१-१२-१८ गते   ६७८ पटक हेरिएको

बाँके १९ चैत -  कंचनपुर स्थित बेलौरी नगरपालिकाको टोलीले नेपालगन्ज उपमहानगरपालिकामा भएका विपद व्यवस्थापन बारे जानकारी लिएको छ । 

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीको नेतृत्वमा आएको  भ्रमण टोलीले नेपालगन्जले विपद व्यवस्थापनका क्षेत्रमा गरेका अभ्यासहरुको सिकाई आदानप्रदान गर्ने उद्देश्यले मंगलबार भेटघाट गरेको हो ।

स्थानीय आपकालीन कार्यसञ्चालन केन्द्रको पनि अवलोकन गर्दै दुई पालिकाबीच विपदमा गर्न सकिने साझेदारी र सहकार्यका विषयमा पनि छलफल समेत गरिएको नगर प्रमुख चौधरीले जानकारी दिएका छन् ।

टोलीले नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, विपद समिति संयोजक समिर प्रताप सिंह लगायतलाई भेट्दै विपद सम्बन्धिका अभ्यासहरुबारे जानकारी लिएको आपतकालीन कार्यसंचालन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । 

बैलौरी नगरपालिकाको टोलीमा नगर उप-प्रमुख जोगराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरी, नगर प्रबक्ता हर्क बहादुर भुल, विपद व्यवस्थापन समिति संयोजक कृष्णभान बरई, लेखा अधिकृत ओम प्रसाद उपाध्याय, विपद सम्पर्क ब्यक्ति अशोक पाण्डे लगायत  थिए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech