डुडुवामा नेकपा एमालेको पालिकास्तरीय कार्यालयको उदघाटन

शाख न्यूज    प्रकाशित: २०८२-१-८ गते   ८१५ पटक हेरिएको

बाँके - बाँकेको डुडुवा गाउँपालिकामा नेकपा एमालेको पालिकास्तरीय कार्यालयको उदघाटन गरिएको छ । नेकपा एमाले पार्टी स्थापना दिवसको अवसरमा पालिकास्तरीय पार्टी कार्यालयको मंगलवार उद्घाटन गरिएको हो ।

एमाले डुडुवा गाउँपालिकाका अध्यक्ष विनयराज त्रिपाठीको अध्यक्षतामा डुडुवा गाउँपालिका वडा नं. ६ भंघोटनामा कार्यालयको उदघाटन गरिएको एमालेका जिल्ला कमिटी सदस्य एवं डुडुवा ६ का वडाध्यक्ष मोहनराम मिश्रले जानकारी दिए ।

एमालेका केन्द्रिय सदस्य पशुपति दयाल मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न उदघाटन कार्यक्रममा बोल्ने वक्ताहरुले अहिलेसम्म एमाले डुडुवाको कार्यालय झोलामा मात्र सीमित रहेकोमा औपचारिकरुपमा कार्यालय स्थापना भएकोमा खुशी व्यक्त गरेका थिए । उनीहरुले पार्टीका नेता कार्यकर्ताले अब बस्ने ठाउँ पाएकोले जनताको काममा पनि सहजता आउने विश्वास व्यक्त गरे ।

उदघाटन कार्यक्रममा लेखा समिति संयोजक पदम बहादुर बुढाथोकी, प्रदेश सदस्य बलिभद्र पुन, सुजिता वर्मा, जिल्ला कमिटी उपसचिव किशोर थापा, जिल्ला कमिटी सदस्य मास्क काफ्ले, जिल्ला कमिटी सल्लाहकार परिषद् सदस्य लल्लन प्रसाद पाण्डे, क्षेत्रीय सम्वन्य कमिटी सदस्य तथा जिल्ला परिषद् सल्लाहकार अशोक थापालगायतका नेता कार्यकर्ताहरुको उपस्थिती थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech