प्रेम सिंह
बाँके १३ जेठ - वडा प्रहरी कार्यालय नेपालगन्जले भन्सार छलि गरि ल्याईएकाे २ लाख भन्दा बढिकाे सामान नेपालगन्जबाट बरामद गरेकाे छ ।

सोमबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० गणेशमान चोकबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याईएका अटो पार्टसका सामानहरु बरामद गरिएको हो ।
गोप्य सुचना प्राप्त भएलगत्तै वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक अरुण बमको कमाण्डमा खटिएको प्रहरी टोलिले बेवारिसे अबस्थामा रहेको अटो पार्टसका सामानहरु बरामद गरिएको थियो ।

बरामद गरिएका अटो पार्टसका सामानहरु अन्दाजी भन्सार मूल्य रु. २ लाख ५० हजार रुपैयाँ बराबर रहेको प्रहरी निरीक्षक बमले जानकारी दिएका छन् ।

बरामद भएको अटो पार्टसका सामानहरुलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि मंगलबार नेपालगंज भन्सार कार्यालयमा पठाईएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ ।