डुडुवाद्वारा आश्रममा खाद्यान्न तथा स्टेसनरी सामाग्री वितरण

शाख न्यूज    प्रकाशित: २०८२-२-१६ गते   ३८० पटक हेरिएको

बाँके - डुडुवा गाउँपालिकाद्वारा आश्रमलाई खाद्यान्न तथा बालबालिकाहरुका लागि स्टेसनरी  सामाग्री वितरण गरिएको छ । गाउँपालिकाले नेपालगन्जमा रहेको निलसागर आश्रम तथा मानव सेवा आश्रममा सहयोग गरेको हो । गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी र उपाध्यक्ष साहिदा बाँनो लगायतको टिमले शुक्रबार बृद्धाश्रम पुगेर आवश्यक सहयोग प्रदान गरिएको हो ।

निलसागर सेवा आश्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले बन्न लागेको निलसागर भवनको एउटा कोठा निर्माणमा लाग्ने रकम सहयोग गर्ने प्रतिबद्धता जनाउँदै कसैले गर्न नसकेको एकमात्र उच्च काम आश्रमले गरिरहेको भन्दै आफूहरुबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

आश्रमले घर, परिवारविहिन भई सडकपेटी र सार्वजानिक स्थलहरुमा कष्टपुर्ण जिवन विताउन विवश मानिसहरुको उद्धार, औषधोपचार, पालनपोषण, र पारिवारिक पुनर्मिलन सेवा लगायतका कार्य  गर्दै आएको हुँदा सम्मान समेत उपाध्यक्ष साहिदो बाँनोले व्यक्त गरिन।

पालिकाले २ वटै आश्रमका लागि खाद्यान्न तथा बालबालिकाहरुका लागि स्टेशनरी सामाग्रीसमेत प्रदान गरेको छ । सो क्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख संजय कर्ण, नेपाल तरुण दलका नेता लोकेश आचार्य, संचारकर्मी राकेश कुमार मिश्र लगायतको उपस्थिति रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech